बागलुङ, ८ बैशाख- नेपाल इसाइ समाज बागलुङको आयोजनामा आइतवार पुनरुत्थान शान्ति ¥याली तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
इसाइहरुका संस्थापक जिसस क्राइस्टलाइ मृत्यु दण्ड दिएपनि दुइ दिनमै पुर्न जिवित भएको स्मरणमा पुनरुत्थान दिवश मनाइने गरिएको छ । उक्त अबसरमा आयोजित ¥यालीपछिको कार्यक्रममा समाजको बागलुङ नगर अध्यक्ष केवी शाहीले मृत्युपछि पनि क्रिस्ट बिउतिएको स्मरणमा सबैले यो दिवश मनाउने गरेको बताए । साथै सबै इसाइहरुले मृत्युपछि पुनरुत्थान अर्थात पुन जन्म हुने आसले दिवश मनाएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वडा नंं २ का अध्यक्ष सुरज बोसेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले दिवशले भाइचारा, मानवीयता र धार्मिक सहिण्णुताकोलागि सबैको साझा पहल आवस्यक भएको बताए । उनीहरुले देशलाई बिकास गर्न पनि सबैको साझा अभियाननै चाहिएको धारणा राखे ।
कार्यक्रम शाहीको अध्यक्षता, पास्टर प्रकाश जिसीको संचालन र अर्का पास्टर सामी थापाको स्वागत तथा प्रस्तुतीमा सम्पन्न भएको थियो ।