२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

कक्षा १२ को नतिजा सार्वजनिक


जनमञ्च संवाददाता
  • १७ भाद्र २०७९ , शुक्रबार

  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं, १७ भदौ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।
    यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ६५ हजार २ सय ८४ रहेको छ । परीक्षा वोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका संख्या १० हजार ९ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ३५ मात्रै छ ।
    कुनै पनि ग्रेड नल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै १ लाख ८८ हजार ४ सय १० जना रहेका छन् । यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।
    गत जेठ १५–२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।
    परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ । बोर्डका अनुसार नियमिततर्फ ३८ जना, ग्रेडवृद्धितर्फ ३ जना र आंशिकतर्फ २ जना गरेर ४३ जनाको परीक्षा स्थगित गरिएको छ । आंशिकतर्फ ३ हजार एक सय ३२ जना परीक्षार्थी सहभागि भएकोमा ४१ प्रतिशत अर्थात १ हजार २ सय ८८ जना परीक्षार्थी उर्तिण भएका छन् ।
    १ लाख ८८ हजार ४१० जना परीक्षार्थीहरुले नन ग्रेडेड ल्याएका छन् । तीमध्ये १ लाख ३० हजार ७७८ जनाले ग्रेड प्रोमोशन परीक्षा दिन पाउँछन् । बाँकी ५७ हजार ६ सय ३२ जनाले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ । ग्रेड अभिवृद्धि परीक्षा असोज ३० र ३१ गते हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend