बागलुङ, १९ भदौ– सर्वसिद्धी मिडिया प्रालि बागलुङद्धारा संचालित हिडन खवर अनलाईन डटकम शनिवारदेखि औपचारिक रुपमा सुरुवात भएको छ । समाजमा लुकेर रहेका बिषयबस्तु र बिकृति बिसंगतिलाई उजागर गर्ने उद्देश्यले गत पुसदेखि संचालनमा आएपनि हिडन खवर अनलाईन डटकम शनिवारदेखि औपचारिक रुपमा सुरुवात भएको हो ।
अनलाईनको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भर्चुअलमार्फत व्यानर पढेर र प्रतिनिधीसभा सदस्य डा. सूर्य पाठकले भौतिक उपस्थितीमै पानसमा दिप प्रज्वलन गरेर शुरुवात भएको घोषणा गरेका थिए ।
सो अवसरमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले समाजमा लुकेर रहेका कुरालाई आम नागरिक समक्ष ल्याउन र समाजका बिकृति बिरुद्ध कलम चलाउन संचालकहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा साँसद डा. सूर्य पाठक, नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव दिलिप पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सुनिल पाण्डे, नेपाली काँग्रेसका जगन्नाथ आचार्य, कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्था तथा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अनलाईन संचालनमा ल्याउनुकोे उद्देश्य माथि अनलाईनका प्रधान सम्पादक कवि न्यौपानेले प्रकाश पारेको कार्यक्रममा नेपाल प्रेस युनियनका नव निर्वाचित महासचिव दिलिप पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम सर्वसिद्धी मिडिया प्रालि बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, संचालक सुवास आचार्यको स्वागत र संचालक रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।