११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

लखन सहकारीको कारोबार २ अर्ब ३ करोड ५५ लाख


जनमञ्च संवाददाता
  • २ असोज २०७९ , आइतबार

  • लखन सहकारीको कारोबार २ अर्ब ३ करोड ५५ लाख

    बागलुङ, २ असोज– लखन बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न शनिबार भएको छ ।
    साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले राज्यका ठूला आयोजना निर्माणमा सहकारीहरु पनि लगानीकर्ता बन्नुपर्ने बताएका छन् । उनले संघियतामा स्थानीय तहको सह–लगानीमा उत्पादनमूलक काम गर्ने, रोजगारी सिर्जना गर्ने र सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्ने बेला आएको धारणा राखे ।
    गरिकी निवारणमा सहकारीले साथ दिनुपर्ने भन्दै तीन खम्बे अर्थ नीतिको उद्देश्य पनि राज्यको लगानीले मात्र विकास संभव छैन, सहकारी र निजी क्षेत्र पनि आउनु पर्छ भन्ने मान्यता बोकेको बुढाले जानकारी दिए ।
    सहकारी भनेको सहकार्य, सहअस्तित्व र कला तथा संस्कृती जोगाउने संस्थासमेत भएकोले जनताको मन जित्ने काम गर्न सुझाए । ‘कसले कति बोनस पायो भन्ने कुरा ठूलो होइन, बरु कति रोजगारी सिर्जना भयो ? कति लगानी गरेर आयात प्रतिस्थापन गरेको छ भन्ने कुरा महत्वपूर्ण छ’ उनले भने, ‘टुक्रे उत्पादनबाट पनि समृद्धि संभव छैन, बरु बृहत उत्पादनमा सहकारीले अगुवाइ गर्नुपर्छ ।’ उनले उत्पादनसँगै शेयर सदस्यको पूँजि वृद्धि, प्रविधि हस्तान्तरण र मनोविज्ञान उद्यमशिल बनाउनु पर्ने धारणा राखे ।
    ८ सय ४० जना शेयर सदस्य रहेको लखन बहुउद्धेश्यीय सहकारी संस्थाले अघिल्लो वर्ष १ अर्ब ६५ करोड ४९ लाख कारोवार गरेकोमा गत असार मसान्तमा २ अर्ब ३ करोड ५५ लाख कारोवार गर्न सकेको कोषाध्यक्ष तेजेन्द्र थापाले बताए । संस्थामा २१ करोड ९० लाख पूँजि रहेको बताइएको छ । कारोवारको आधारमा सहकारीले गत वर्ष २ करोड २ लाख आम्दानी गरेकोमा यो वर्ष २ करोड ५२ लाख कमाइ गर्न सकेको बताइएको छ ।
    सहकारीले जगेडा कोष, शेयर लाभांस कोष, संरक्षित पूँजि फिर्ता कोष, कर्मचारी बोनस कोष, सहकारी शिक्षा कोष, सहकारी विकास कोष, घाटा पूर्ति कोष, सकारी प्रवद्र्धन कोष र सदस्यता राहत कोष गरी ९८ लाख ३४ हजार रुपैयाँ कोषमा लगानी गरेको छ । यो सहकारीले राष्ट्रिय सहकारी बैंकमा ११ लाख शेयर लगानी गरेको छ । लखन एग्रो, लखन मार्ट जस्ता उद्यमशिलतामा पनि लगानी गरेको अध्यक्ष खड्ग बहादुर पुनले बताए ।
    सहकारीका अध्यक्ष खड्गबहादुर पुनको अध्यक्षता, सहसचिव रेशमबहादुर थापाको संचालन र उपाध्यक्ष कुशुम बुढाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ठ ऋणी, बाल बचत तथा अन्य क्षेत्रमा उत्कृष्ठ योगदान गरेका व्यक्तिहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
    यो सहकारीका पदाधिकारीले जेष्ठ नागरिक सम्मान, बुहारी स्वागत, मृत्यु राहत लगायतका काममा पनि निरन्तर काम र सहभागिता जनाउने गरेको प्रबन्धक होमबहादुर थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend