२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन


जनमञ्च संवाददाता
  • ३ असोज २०७९ , सोमबार

  • समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

    काठमाडौं, ३ असोज– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकर्तफका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।
    निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो र आज दुई दिन गरी बन्दसूची पेस गर्ने म्याद तोकिएको थियो । आज कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपालगायतका दलहरूले बन्दसूची बुझाउने तयारी गरेका छन् ।
    हिजो पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेको समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए ।
    प्रदेशसभामा समानुपातिकतर्फ प्रदेश १ मा किरात खब्बुवान साझा पार्टी, मधेस प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र वागमती प्रदेशमा ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका छन् ।
    आज बाँकी रहेका सबै दलले बन्दसूची पेस गरिसक्नेछन् । बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने सहायक निर्वाचन अधिकृत भट्टराईले बताए । उनका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend