म्याग्दी, ८ असोज– पछिल्लो समय आध्यात्मिक योग र ध्यानप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । ओशो सन्यासी, पतन्जली योग तथा आयुर्वेद औषधालय अन्र्तगत पछिल्लो समय बागलुङमा ध्यान, योग र साधना अभियानमा नागरिकको आकर्षण बढ्दै गएको हो ।
दुई जनाबाट शुरु भएको ओशो अमृतम ध्यान केन्द्र बागलुङमा अहिले एक सय जना भन्दा बढी ओशो सन्यासीहरुले ध्यान, योग र साधना गरिरहेको केन्द्रले जनाएको छ ।
यस्तै धौलागिरी आयुर्वेद औषधालय बागलुको सभाहलमामा अहिले नियमित योग कक्षा सञ्चालन भइरहेको छ भने उक्त योग कक्षा जुम मार्फत घरमै बसेर समेत गर्न सकिने व्यवस्था गरिएको छ ।
ैपतन्जली योग समिति बागलुङद्वारा राधाकृष्ण मन्दिरको सभाहलमा प्रत्येक विहान योग तथा ध्यान कक्षा सञ्चालनमा आइरहेको छ । योग तथा ध्यानले मनको तनाव हटाएर मानिसलाई आनन्द लिदाउने र शारिरिक रुपमा स्फूर्ती ल्याउने भएकाले पछिल्लो समय बागलुङमा योग, ध्यान र सानधाप्रतिको आकर्षण बढिरहेको धौलागिरी आयुर्वेद औषधाल बागलुङका डा. सरोज रायले बताए ।
शारीरिक रोगबाट मुक्ती, शरिरको आत्मवल बढाउने, मानसिक रोग मुक्त, अनिद्रा, माङ्सापेशीलाई तन्दुरुस्त बनाउने, ग्यास्ट्रीक लगायतको रोगबाट निदान पाउनका लागि योग आवश्यक रहेको रायको भनाई थियो । योगका आठ स्तम्भ मध्येको ध्यानलाई समेत बागलुङमा महत्वपूर्ण रुपमा लिदै आइएको उनले बताए ।