२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

आज कालरात्री


जनमञ्च संवाददाता
  • १६ असोज २०७९ , आइतबार

  • आज कालरात्री

    बागलुङ, १६ असोज– आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी । आइतबार कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ ।
    कालरात्रिको स्वरूप भयंकरको छ । कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ ।
    चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास छ ।
    महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । विद्याका सामग्री, पुस्तक, अभ्यासपुस्तिका र कलमको पनि पूजा गरिन्छ । यसै दिन भद्रकालीको आराधना पनि गरिन्छ । शक्तिपीठहरूमा पशु बलिसहितको पूजा पनि चल्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend