१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

आइटिएफ तेक्वान्दोमा आर्मीको बिजयी शुरुवात


जनमञ्च संवाददाता
  • ३० असोज २०७९ , आइतबार

  • आइटिएफ तेक्वान्दोमा आर्मीको बिजयी शुरुवात

    बागलुङ, ३० असोज– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाअन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा भब्य सुरुवात भएको छ ।
    शनिबार सयौं नागरिकको उपस्थितिमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । बागलुङ नगरपालिकाको व्यवस्थापनमा खेल आयोजना गरिएको हो । राष्ट्रिय खेलकुद परिषद आयोजक भएपनि व्यवस्थापनको जिम्मा नगरले पाएको हो । नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य रहेको आयोजक समिति गठन भएको थियो ।
    बागलुङ नगरपालिका–३ को नारायण चोकबाट शुरु भएको झाँकी सहितको ¥यालीमा सयौं सहभागि थिए । प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले खेलबाट नेपालले पहिचान बनाउन सक्ने बताए । उनले राष्ट्रिय स्तरमा धेरै खेल खेलाउन बागलुङ सक्षम भएको भन्दै पूर्वाधारको काम थाल्ने बताए । राष्ट्रिय खेलकुद परिषले ढीला निर्णय दिंदा अबेरसम्म काम भएपनि अबका दिनमा अन्य खेलका लागि तयारी गर्ने बताए ।
    कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, आइटिएफका केन्द्रीय अध्यक्ष अञ्जन धमला बोलेका थिए । जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, पत्रकार राम थापा अविरलको संचालन र नगर उपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा खेलाडी र रेफ्रीले सपथ ग्रहण गरेका थिए ।
    ७ प्रदेश, नेपाली सेना, सशष्त्र प्रहरी र नेपाल प्रहरी गरी १० वटा टिमका २ सय ५० खेलाडीले प्रतियोगतामा भाग लिएका छन् । तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदककालागि प्रतिष्पर्धा हुने आइटिएफका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनका अनुसार प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ७० केजी र पुरुषतर्फ ५० केजीदेखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिष्पर्धा गर्ने व्यवस्थापन मिलाइएको हो ।
    खेल उद्घाटनअघि बागलुङका जातजातीका कला र संस्कृतिका झाँकी प्रस्तुत गरिएको थियो । लाखे नाँच, घोडा नाँच, सोरठी, सती घाँटु, भजन, पञ्चेबाजा तथा बिद्यालयक बिद्यार्थीले अन्य राष्ट्रिय गीत संगीत प्रस्तुत गरेका थिए । खेललाई सफल पार्न नगरपालिकाले महोत्सव झै नागरिकलाई समेत उतारेको थियो ।
    आर्मीको बिजयी शुरुवात
    प्रतियोगिताअन्र्तगत शनिबार प्याटन तर्फका केही खेल शुरु भएका छन् । पहिलो दिनको पुरुष तर्फको प्याटन प्रतियोगितामा नेपाली सेनाको टिमले शुरुवाती अग्रता दिएको छ । निलो बेल्ट समूहको ९ बाउटमा त्रिभूवन आर्मी क्लबका धनसिंह परियारले स्वर्ण पदक जितेका हुन् । उनले लुम्बिनी प्रदेशका सफल परियारलाई पराजित गरेका हुन् । उनले स्वर्ण पदक पाउँदा आर्मीका खेलाडीको तालिले खेल स्थल गुञ्जेको थियो । शनिवारै महिला तर्फको पनि प्याटन खेल शुरु भएका छन् । आइतवारदेखि भने प्याटन सकेर स्पाइरिङ खेलहरु शुरु हुनेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend