२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बिद्यामन्दिर पुस्तकालयको पदस्थापन


जनमञ्च संवाददाता
  • १ कार्तिक २०७९ , मंगलबार

  • बिद्यामन्दिर पुस्तकालयको पदस्थापन

    फाइल तस्बिर

    बागलुङ, १ कात्तिक– बिद्यामन्दिर पुस्तकालयको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न भएको अधिवेसनले निर्वाचित गरेको कार्यसमितिको पदस्थापन भएको हो ।
    अधिवेसनले राम थापा अविरलको अध्यक्षतामा नयाँ समिति गठन गरेको थियो । समितिको उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा राजन प्रसाद शर्मा, कोषाध्यक्षमा कोपिला कंडेल र सहसचिवमा युक्तप्रसाद सुवेदी चयन भएका थिए । सदस्यमा रामप्रसाद शर्मा, युगेन्द्र श्रेष्ठ, सुशिला श्रेष्ठ, गोबिन्दप्रसाद ओझा, राजेशचन्द्र राजभण्डारी, काजी गाउँले श्रेष्ठ, सुधिर श्रेष्ठ, निर्मल बहादुर श्रेष्ठ, दल थापा र धनमाया शर्मा छन् ।
    उनीहरुको पदस्थापन कार्यक्रममा पूर्व अध्यक्षहरु मुकेशचन्द्र राजभण्डारी, महेशचन्द्र प्रधान, इश्वरप्रसाद मलेपति, रामप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, साहित्यकार काजी रोशन, प्रेम छोटा लगायतले मन्तव्य राखेका थिए । रापप्रसाद शर्माको अध्यक्षता, युगेश्वर वझाको संचालनमा सम्पन्न कार्यक्रममा निर्वाचित अध्यक्ष थापालाई शर्माले पदस्थापन गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend