२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

धानबालीमा किराको प्रकोप


जनमञ्च संवाददाता
  • ५ कार्तिक २०७९ , शनिबार

  • धानबालीमा किराको प्रकोप

    म्याग्दी, ५ कात्तिक– पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरु चिन्तित बनेका हुन् ।
    बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम हुने अनुमान गरिएको बताए ।
    म्याग्दीको बेनी नगरपालिकासहित रघुगंगा, मालिका, मंगला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ ।
    रैथाने धानको बिउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका स्थानमा भन्दा आयातित विकासे बिउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । धानबाली भित्राउने अन्तिम समयमा देखापरेको रोगका कारण यसवर्षको धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ ।
    रत्नेचौर, बगरफाँट, फापरखेत, सीमलगायतका बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा पनि गवारो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको म्याग्दीका कृषक चन्द्रबहादुर कार्कीले बताए ।
    गवारो र खैरे फड्के रोगको संक्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रणबारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । म्याग्दीमा गत वर्ष तीन हजार नौ सय २५ हेक्टरमा १३ हजार छ सय २६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend