२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

फुलमायाको हत्यामा संलग्न योगी सार्वजनिक


जनमञ्च संवाददाता
  • ७ कार्तिक २०७९ , सोमबार

  • फुलमायाको हत्यामा संलग्न योगी सार्वजनिक

    बागलुङ, ७ कात्तिक– बागलुङमा गत असोज २९ गते राती ४२ बर्षिय फुलमाया बोटे (माझी) मृत अवस्थामा फेला परिन् । उनी बागलुङ–पोखरा राजमार्गअन्र्तगत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथी मृत फेला परेकी थिईन् । परिवारले उनलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतार हतार परिवारले अस्पताल पु¥यायो तर उनको प्राण थिएन् ।
    सधैं समयमै घरमा आउने फुलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । मजदुरी गरेर खाने फुलमाया सधैं साँझ साढे पाँच बजे घर पुग्थिन् । ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उनको मोबाईल बन्द भयो । त्यसपछि खोजी थालेको परिवारले उनी सधैं हिँड्ने गरेको बाटोमा शव भेटायो ।
    शव अस्पताल पु¥याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । मृतकको शव अस्पतालमै भएपनि प्रहरीले तत्कालै घटनास्थल शिल गर्यो । जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो । अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरी हत्याको आशंका गर्यो र सुरु भयो अनुसन्धान । असोज २९ गते प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा नेतृत्वमा पोखराबाट बिषेशज्ञ टोलीसहितले अनुसन्धान थाले ।
    ‘उहाँहरुले अस्पताल पु¥याएपछि खबर गरेको भएपनि हामीले तत्कालै घटनास्थल शिल गर्यौं र खोजी सुरु भयो’ थापा भन्छन् ‘मृतक भेटिएको ठाउँभन्दा एक सय मिटर टाढाको दुरीमा पाँचसय बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौतीपूर्ण थियो ।’ बाङ्गेचौर खेलमैदान नजिकै नबौं राष्ट्रिय खेलकुदअन्र्तगत ‘आईटिएफ तेक्वान्दो खेल भैरहेको थियो । तर बाङ्गेचौरदेखि बागलुङ पोखरा सडकसम्मको पदमार्गको बीचमा फुलमायाको हत्या भएको थियो । प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखी ५ः५२ मा भएको हो ।
    एक साता लामो अनुसन्धान पश्चात प्रहरीले अभियुक्त पक्राउ गरेको छ । घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालयको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरुले प्रहरीलाई सघाए । ‘फुलमायाको हत्या हुनुपूर्व सोही बाटोमा हिँडेका बालकहरुलाई पहिला पहिचान गर्यौं, सोधीखोजीमा उनीहरुले बाटोमा दारीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दारीमा केन्द्रित भयो’ थापाले भने ‘अन्ततः दारीपालेकै प्रकाश योगी पक्राउ परे ।’ प्रहरीले बागलुङ नगरपालिका–१ माझीबस्तीकै मृतकका छिमेकी २६ बर्षिया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ ।
    ‘प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौं, दाह्रीपालेका केहीलाई निगरानीमा राख्यौं, अभियुक्त घटनास्थलभन्दा केही माथी लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शंका गरेका थियौं’ प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली भन्छन् ‘दाह्री पालेको र अरु हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निकर्षमा प्रहरी पुगेको छ ।’
    अभियुक्तले प्रहरीलाई दिएको बयान अनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन् । बागलुङ बजारमा मजदुरी गरेर फर्किएकी फुलमायाको बाङ्गेचौरमा गौडो कुरेर पिछा गरेको र केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताए । अभियुक्त पनि मजदुरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन् ।
    ‘उसले पहिले फुलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाईल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ’ ज्ञवाली भन्छन् ‘आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसईवीले त्यसमा सघायो ।’ प्रहरीसँगको बयानमा अभियु्क्तले तीस हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन् । छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक बर्षदेखि पानीको महशुल तिर्न नसकेको भन्दै फुलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend