२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बोटे परिवारलाई राहत वितरण


जनमञ्च संवाददाता
  • ८ कार्तिक २०७९ , मंगलबार

  • बोटे परिवारलाई राहत वितरण

    बागलुङ, ८ कात्तिक– गत साता हत्या भएकी फुलमाया बोटेको परिवारलाई बागलुङ नगरपालिकाले प्रारमिभक राहत दिएको छ ।
    बोटेको परिवारलाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले बोटेको घरमै पुगेर सोमबार परिवारका पीडित सदस्यलाई रहत हस्तान्तरण गरेका हुन् ।
    गत असोज २९ गते ४२ बर्षिय बोटेलाई काम गरेर घर फर्कने बेला साँझमा स्थानीय प्रकाश योगीले हत्या गरेका थिए । हत्या गरेको पुष्टी भैसकेको छ । प्रहरीले योगीलाई पक्राउ गरेको छ । बोटेका पति हर्कबहादुर एक छोरा र ३ छोरी छन् । दैनिक ज्याला मजदुरी गरेर घर धानेका बोटे परिवारमा भएको घटनाले पीडितलाई दैनिकी चलाउन समस्या भएको छ । पीडित हर्कबहादुरले मजदुरी गरेरै परिवार पाल्नु परेको बताए ।
    नगर प्रमुख श्रेष्ठले ३० हजारको चेक हस्तान्तरण गर्दै परिवारमा परेको पीडाप्रति समवेदना प्रकट गरे । परिवारका सदस्यमा रोजगारी मिलेसम्म दिलाइदिने पनि आश्वासन दिए । घटनापछि आर्थिक अबस्था कमजोर भएकोले अस्पतालबाट बोटेको शव समेत निकाल्न कठिन भएको थियो । श्रेष्ठले सहयोगको आश्वासन दिएपछि शव उठेको थियो । सोही अनुसार सोमबार उनीहरुलाइ राहत दिइएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend