२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

आज भाइटीका, टिकाको साइत ११ बजेर ३७ मिनेटमा


जनमञ्च संवाददाता
  • १० कार्तिक २०७९ , बिहिबार

  • आज भाइटीका, टिकाको साइत ११ बजेर ३७ मिनेटमा

    बागलुङ, १० कात्तिक– यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका । दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व ।
    पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ । दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।
    दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन् ।
    दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको धर्मशास्त्री प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला आदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।
    पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको जानकारी दिए । भाइटीका मध्याह्नकालमा गरिने विधानअनुसार यो साइत निकालिएको हो ।
    यद्यपि दिनभर टीका लगाउन सकिने उनले बताए । बिहीबार द्वितीया तिथि २० घडी १ पला अर्थात् दिउँसो २ बजेर १२ मिनेटसम्म छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend