काठमाडौं, १२ मंसिर– कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले बराबरी खेल्दै १÷१ अंक बाँडेका छन् । कतारको जानौव रंगशालामा आज भएको पहिलो खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको २९ औँ मिनेटमा जिन–चालर्स कास्टेलेटोले गोल गर्दै क्यामरुनले शुरुवाती अग्रता दिलाए । लगत्तै सर्बियाका स्ट्रेहिन्जा पाभ्लोभिचले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यसको ३ मिनेटपछि नै सर्गेज मिलिन्कोविच–साविचले दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ को अवस्थामा पुग्यो । दोस्रो हाफमा सर्वियाका अलेक्जेण्डर मिट्रोभिचले अर्को गोल गर्दै खेललाई ३–१ को रोचक मोडमा पु¥याए । तर सर्वियाको अग्रता धेरै बेर टिक्न पाएन । खेलको ६३ औं मिनेटमा भिन्सेन्ट अबुबाकरले गोल फर्काएपछि खेलमा क्यामरुनले २–३ को रोमाञ्चक अवस्थामा ल्यायो । लगत्तै खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिम चौपो–मोटिंगले अर्को गोल थप्दै गोल ३–३ को बराबरीमा पु¥याए ।