१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बजार क्षेत्रका अव्यवस्थित तार र पोल हटाईदै


जनमञ्च संवाददाता
  • १३ मंसिर २०७९ , मंगलबार

  • बजार क्षेत्रका अव्यवस्थित तार र पोल हटाईदै

    बागलुङ, १३ मंसिर– सदरमुकाम बागलुङ बजार क्षेत्रका अव्यवस्थित तार र पुराना विद्युतका पोल हटाउन थालिएको छ । बजारलाई सुन्दर शहर बनाउने अभियानअन्र्तगत बागलुङ नगरपालिकाले अव्यवस्थित तार र पुराना विद्युतका पोललाई हटाउन सुरु गरेको हो ।
    नेपाल विद्युत् प्राधिकरण, टेलिकम तथा नीजि इन्टरनेट प्रदायक कम्पनीहरुसँगको सहकार्यमा पुराना तार र जीर्ण तथा प्रयोगविहीन विद्युतका पोल हटाउने अभियान शुरु गरिएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
    बजारको सडक नै अवरोध हुने गरी गाडिएका पोलले ट्राफिक व्यवस्थापनमा समेत समस्या आएपछि जिर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताए ।
    पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाउने नगरपालिकाको योजना छ । हालसम्म ३५ पुराना पोल हटाइएको छ । ‘पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोलहरु हटाउन लागिएको हो’ संयोजक घिमिरेले भने ।
    नगरपालिकाले गतवर्ष बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाएपनि बीचमा काम रोकेको थियो । यसपटक बजारबाट पोल तथा तारहरु विस्थापित गर्न नगरपालिकाको संयोजकत्वमा नेपाल टेलिकम, विद्युत् प्राधिकरण, केवल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी लगायतको समिति गठन गरि अव्यवस्थित पोलको छनौट गरि हटाउन सुरु गरिएको हो ।
    विद्युत प्राधिकरणले नयाँ पोलमा एबीसी तार राखेपछि पुराना पोल काम नलाग्ने अवस्थामा छन्भने टेलिकमले अव्यवस्थित तारलाई प्रतिस्थापन गरिसके पनि निजी इन्टरनेट कम्पनीका तारले पुराना पोलहरु हटाउन सकिएको थिएन । निजी इन्टरनेट कम्पनीका तारहरुलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोलहरु हटाएको नगर प्रमु्ख श्रेष्ठ बताए ।
    बजार क्षेत्रमा ४÷५ सय अव्यवस्थित पोलहरु रहेकाले विस्तारै सबै विस्थापन गर्ने योजना रहेको श्रेष्ठले सुनाए । पोल हटाउनको लागि विद्युत, टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गर्ने र अन्य खर्च नगरपालिकाले व्यहोर्ने सहमति भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend