११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कतार विश्वकप : अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया नकआउट चरणमा प्रवेश


जनमञ्च संवाददाता
  • १५ मंसिर २०७९ , बिहिबार

  • कतार विश्वकप : अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

    काठमाडौं, १५ काठमाडौं– अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्टेडिय ९७४ मा बुधबार राती पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।
    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।
    यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो भने पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
    यस्तै, अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । अल जानुब स्टेडियमा बुधबार राती डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो । अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो । अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । यस जितसँगै अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend