१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

जनतासंग गरेका बाचा पाँच वर्षभित्र पुरा हुन्छन् : मन्त्री पौडेल


जनमञ्च संवाददाता
  • १६ मंसिर २०७९ , शुक्रबार

  • जनतासंग गरेका बाचा पाँच वर्षभित्र पुरा हुन्छन् : मन्त्री पौडेल

    बागलुङ, १६ मंसिर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहिबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताएका हुन् ।
    ‘यसअघि गर्न नसकेका कामहरु पनि छन्, उनले भने, पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गछौं ।’ संघ र प्रदेश सरकार गठबन्धनको बन्ने बताउँदै पौडेलले बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए ।
    चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासनसमेत पौडेलले दिए । ढोरपाटन सालझण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धन लगायतका काम जनताको चाहनाअनुसार हुने पौडेलले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend