९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेपालमा एचआईभी एड्सको संक्रमण दर घट्दै


जनमञ्च संवाददाता
  • १६ मंसिर २०७९ , शुक्रबार

  • नेपालमा एचआईभी एड्सको संक्रमण दर घट्दै

    बागलुङ, १६ मंसिर– ३५ औँ विश्व एड्स दिवस बागलुङमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ ।
    ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने नाराका साथ सचेतनामुलक अन्तरक्रिया कार्यक्रम तथा एड्सबाट मृत्यु भएकाहरुको सम्झनामा क्याण्डील बालेर दिवस मनाइएको हो ।
    एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीषक देवप्रकाश घिमिरेले जानकारी दिए ।
    सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने भएका यसबाट बच्न जरुरी रहेको उनको भनाई थियो । केन्द्रको तथ्यांक अनुसार नेपालमा एचआईभी एड्स संक्रमण दर घट्दै गएको पाइएको छ ।
    असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिदै आएको र संक्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको घिमिरेले बताए । बागलुङमा १ सय ८९ जना एचआइभी संक्रमित रहेको र उनीहरुले नियमित औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    दिगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ । बागलुङमा पनि बिभिन्न संघ संस्थाले यससंग सम्बन्धित रहेर काम गर्दै आएका छन् ।
    नियमित रुपमा एन्टीरेट्रो भाइरल औषधि खाने गरेमा एचआईभी संक्रमित व्यक्तिले स्वस्थ्य जीवनयापन गर्न सक्ने चिकित्सकहरुको भनाई छ । सरकारले एचआईभी संक्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टीरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend