बागलुङ, १७ मंसिर– पश्चिम बागलुङको गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई शव राख्ने फ्रिज हस्तान्तरण गरिएको छ । बजार एकता आमा समुह गलकोट नगरपालिका–३ को आर्थिक सहयोगमा हटिया स्वास्थ्य चौकीलाई शव राख्ने फ्रिज हस्तान्तरण गरिएको हो ।
फ्रिज हस्तान्तरण कार्यक्रममा हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका–३ का अध्यक्ष फमबहादुर खत्रीले फ्रिज ल्याउने अभियान सञ्चालन गर्ने आमा समुहलाई धन्यवाद दिदै समुहले गरेको कार्य सह्रानिय भएको बताएका थिए ।
कार्यक्रममा हटिया स्वास्थ्य चौकिका प्रमुख मिनराज गैरे, हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य तथा मिलन आमा समुहका अध्यक्ष कौशिला घर्ती, महिला जागरण केन्द्रका उपाध्यक्ष अमृता श्रेष्ठ, हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य सन्त बहादुर खत्री, आमा समुहका सदस्य सरस्वती कार्की लगायतले बोलेका थिए ।
कार्यक्रमको अवसरमा बजार एकता आमा समुहलाई सहयोग गर्ने मनकुमारी खत्री र कमला खड्कालाई सम्मान गरिएको थियो । कार्यक्रम समुहका अध्यक्ष पदम कुमारी खत्रीको अध्यक्षता, उपाध्यक्ष विष्णु रानाको स्वागत र सचिव लक्ष्मी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।