१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
कतार विश्वकपमा नकआउट चरणको समीकरण पूरा

आज नेदरल्याण्डस्विरुद्व अमेरिका र अर्जेन्टिनाविरुद्व अ‍ेष्ट्रलिया भीड्दै


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७९ , शनिबार

  • आज नेदरल्याण्डस्विरुद्व अमेरिका र अर्जेन्टिनाविरुद्व अ‍ेष्ट्रलिया भीड्दै

    काठमाडौं, १७ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राती भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।
    अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।
    कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ : ४५ बजे सुरु हुनेछ ।
    दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह ‘बी’ को उपविजेता बनेको थियो ।
    यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राती १२ : ४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ भने अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउदै अघि बढ्ने योजनामा रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend