२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

काकाकुल पात्लेगाउँका घर घरमा धारा


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७९ , आइतबार

  • काकाकुल पात्लेगाउँका घर घरमा धारा

    तस्बिर गुगलबाट
    बागलुङ, १८ मंसिर– दुई वर्ष अघिसम्म बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० पात्लेगाउँका बासिन्दा कुवा र पोखरीको दूषित पानी उपभोग गर्न बाध्य थिए । अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घर घरमा धारा निर्माण गरिदिएपछि उनीहरुको जनजीवन सहज बनेको छ ।
    घर घरमा धारा निर्माण भएपछि रास्कोटीलगायत सिंगो गाउँलेको अवस्था फेरिएको छ । बस्ती नजिक खानेपानीको मुहान नहुँदा खानेपानीको हाहाकार हुन्थ्यो । अहिले खानेपानीको समस्याबाट स्थानीय मुक्त भएको ८७ वर्षिय दलबहादुर रास्कोटीले बताए ।
    ‘वर्षौंदेखि पोखरी र कुवाको फोहर पानी छानेर उपभोग गर्नुपर्ने बाध्यता थियो, अहिले बल्ल घर घरमा पानी आयो’ रास्कोटीले भने । रास्कोटीले तीन घण्टा टाढाको छिमेकी गाउँ दर्लिङखोलाबाट पानी बोकेर उपभोग गरेको विगत सुनाए ।
    स्थानीय शान्ती थापा सहर बजार नजिकको गाउँमा घरमा धारा नहुनु दुःखद कुरा भएको बताउँछिन् । ‘हामी काकाकुल भयौँ, खानेपानीका लागि विभिन्न निकायलाई गुहा¥यौँ, कुनै सुनुवाइ भएन’ थापाले विगत सम्झदै भनिन् । गाउँदेखि छ किलोमिटर टाढाको निगलपानी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याइएको हो ।
    समयमा पानी ल्याएर घर नआउँदा बालबालिकालाई विद्यालय पठाउनसमेत नसेको थापाले बताइन् । ‘टाढाको पानी, बिहान उज्यालो नहुँदै जानुपथ्र्यो, नत्र पालो पाउन मुस्किल पथ्र्यो, केटाकेटीलाई स्कुल पठाउन अबेर हुन्थ्यो’, थापाले भनिन्, ‘कति समय त दुषित पानी उपभोग गर्दा बिरामी पनि परियो ।’
    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले प्राथमिकतामा राखेर खानेपानीको व्यवस्थापन गरिएको बताए । उनले जिल्लाका अन्य ठाउँमा समेत नेवाले पानीको व्यवस्थापन गरिरहेको जानकारी दिए ।
    घना जंगलबीचको पात्लेगाउँमा २९ घरमा २१ धारा निर्माण गरिएको छ । धारा निर्माण गर्न करिब ४५ लाख खर्च भएको नेवाले जनाएको छ । यसका लागि नेवाले ३१ लाख ५० हजार, गाउँपालिकाले ३ लाख ८३ हजार र स्थानीयले १० लाख बराबरको श्रमदान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend