२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

उपभोक्ता मञ्चको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७९ , आइतबार

  • उपभोक्ता मञ्चको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

    बागलुङ, १८ मंसिर– राष्ट्रिय उपभोक्ता मञ्च बागलुङको ७ औं साधारणसभा तथा अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेशनले शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
    मञ्चको उपाध्यक्षमा गोबिन्द गौतम, सचिवमा मनमाया श्रेष्ठ, कोषाध्यक्ष युक्तजंग राजभण्डारी, सहसचिवमा धनकुमारी गौचन, सदस्यहरुमा जयलाल सापकोटा, भिमसेन थापा, मञ्जु क्षेत्री, भक्तबहादुर बिक, रामबहादुर केसी, ताराकान्त आचार्य र हरिप्रसाद सापकोटा चयन भएका छन् ।
    साधारणसभामा बोल्दै उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेल, बागलुङ नगरपालिकाका पूर्वप्रमुख जनकराज पौडेलले उपभोक्ताको हक हितमा काम गर्न मञ्चको सक्रियता सहयोगी भएको बताएका थिए । आम नागरिकले स्वच्छ पानी पाउनुपर्नेदेखि खाद्य अधिकार रक्षाका लागि मञ्चले उठाएका बिषयमा राज्यका निकाय गम्भिर बन्नुपर्ने समेत उनीहरुको धारणा थियो ।
    मञ्चले चाडपर्व लक्षित बजार अनुगमन, अखाद्य बस्तुको मिसावट भएको जानकारी पाएमा सुक्ष्म अध्ययन र अनुगमन गर्ने तथा आम नागरिकको स्वास्थ्य र अन्य अधिकारका बिषयमा पनि जानकारी लिने र सेवाप्रवाहलाई चुस्त बनाउने अभियानमा काम गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend