२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

रेडपाण्डा जोगाउनै मुश्किल


ध्रुवसागर शर्मा
  • १९ मंसिर २०७९ , सोमबार

  • रेडपाण्डा जोगाउनै मुश्किल

    म्याग्दी, १९ मंसिर– विश्वमै दुर्लभ मानिएको रेडपाण्डा (हाब्रे) जोगाउन समस्या भएको छ । म्याग्दीमा पाइने रेडपाण्डा चोरी सिकारीका कारण जोगाउन समस्या भएको हो ।
    धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जंगलमा पाइने हलुका रातो, सेतो र कालो रङको रेडपाण्डा सिकारीको रोजाइँमा पर्ने गरेको छ । वनजंगलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेर रेडपाण्डा सिकार गर्ने गरेका छन् ।
    पाँच वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । उक्त संरक्षण अभियानले दुई वर्षयता निरन्तरता पाउन नसक्दा चोरी सिकारी गर्ने क्रम बढेको स्थानीय जसवीर विकले बताए ।
    रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई यसबारे जानकारी गराउनुको साथै वासस्थान देखाएपछि स्थानीय यसको संरक्षणमा लागेका थिए । धौलागिरि गाउँपालिका वडा नं. १ का वडाध्यक्ष झकप्रसाद छन्त्यालका अनुसार सिकारीले शिकार आरक्ष ढोरपाटनसँग जोडिएका स्थानमा रतुवा, घोरल, मृगसहित रेडपाण्डाको सिकार गर्ने गरेका छन् ।
    ‘रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा कडाइ गर्दै आएको थियो’, छन्त्यालले भने ।
    पश्चिम म्याग्दीका जंगलमा प्रारम्भिक अनुसन्धानमा पाँचवटा भेटिए पनि गाउँपालिका अन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा झण्डै २० रेडपाण्डा रहेको अनुमान छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
    रेडपाण्डासहित अन्य वन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयलाई सहयोग गर्दै आएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताए । म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङ लगायतका जिल्लामा रेडपाण्डाको बासस्थान रहेको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend