२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

विद्यार्थी अभावले रित्तियो दुर्गा भवानी प्रावि


जनमञ्च संवाददाता
  • २१ मंसिर २०७९ , बुधबार

  • विद्यार्थी अभावले रित्तियो दुर्गा भवानी प्रावि

    पर्वत, २१ मंसिर– विद्यार्थीको अभावमा पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय रित्तिएको छ । २०४० मा स्थापना भएको विद्यालयमा केही समयअघि विद्यार्थीको संख्या बाक्लै भएपनि यसवर्ष एक जना मात्र विद्यार्थी रहेका छन् ।
    एक शिक्षिका र कार्यालय सहयोग गतवर्ष काजमा खटिएपछि विद्यालयमा शिशु कक्षाका विद्यार्थी नीरज लम्साल र शिक्षिका ठाकु कुमारी केसी मात्रै छन् । ‘गत वर्षसम्म १० देखि १५ विद्यार्थी नियमित आउँथे’ केसीले भनिन्, ‘बसाइँसराइ र वर्षामा खोला तर्न नसक्दा विद्यार्थी टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’
    विद्यार्थीबिनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले बताउँछिन् । ‘गाउँपालिकाले अन्यत्र व्यवस्थापन गर्दिए हुन्थ्यो’ केसीले भनिन् । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पंगालीथर, रेग्मीथर, सरादेखोलाका विद्यार्थी अहिले एक घण्टा टाढाको विद्यालयमा जाने गरेको केसीले बताइन् ।
    विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयको भनाई छ । ‘गाउँका ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीय शेरबहादुर केसीले भने, ‘विद्यालय जाने खोलामा पुल निर्माण र अंग्रेजी माध्यमबाट पठनपाठन गर्नेबारे पालिकामा छलफल भइरहेको छ ।’
    गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको जनाएको छ । ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन’ गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend