२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास योजना अलपत्र


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७९ , शुक्रबार

  • म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास योजना अलपत्र

    म्याग्दी/ हिमाली जिल्ला म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास निर्माणका योजना अलपत्र छन् । संघीय र प्रदेश सरकारका यी योजनाहरू निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण गर्दा अलपत्र परेको स्थानीयको गुनासो छ ।

    अलपत्र परेका योजनामा सडक, पुल, भवनलगायत आयोजना रहेका छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ९ वटा सडक र पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन् ।

    पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका ६ वटा सडक र ५ वटा पुल अलपत्र छन् । यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शय्याको भवन निर्माण अलपत्र छ ।

    बेनी–जोमसोम, बेनी–दरबाङ, गलेश्वर, भगवती, पोखरेबगर–भगवती, दरबाङ–ताकम धारापानी-बेनी–बागलुङ, बेनी-बालढुंगालगायतको सडक पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले निर्माणमा ढिलासुस्ती र अलपत्र पार्ने क्रम बढेको छ ।

    म्याग्दीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले जिल्लाका अधुरा र अलपत्र योजना ६ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन्।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ९खम्वीर० ले जिल्लामा रोकिएका विकास निर्माणका योजनाको तत्काल गति बढाउने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend