२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

माघेसक्रान्तिको अवसरमा शेराबजारमा जैमिनी मेला हुने


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७९ , मंगलबार

  • माघेसक्रान्तिको अवसरमा शेराबजारमा जैमिनी मेला हुने

    बागलुङ, २७ मंसिर– माघेसक्रान्तिको अवसरमा जिल्लाको कुश्मीसेरामा पौष २९ देखि माघ ५ गतेसम्म जैमिनी मेला हुने भएको छ ।
    मेला व्यवस्थापनका लागि सहारा क्लबका अध्यक्ष सुरेश सुनारको संयोजकत्वमा ५१ सदस्यीय मेला व्यवस्थापन मूल आयोजक समिति गठन गरिएको छ । दुर्लेवेशी खेल मैदानमा हुने मेलामा करिब डेढ लाख दर्शक भित्रिने आयोजकको अनुमान छ ।
    ‘स्थानीय कला संस्कृति तथा खेलकुदको सम्र्बद्वन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रर्वद्वन’ भन्ने नाराका साथ आयोजना हुने मेलामा जैमिनी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले जनाएको छ ।
    ९ वटा उप–समिति बनाएर मेलाको तयारी थालिएको मेलामा पालिका स्तरीय पुरुष भलिवल, खुल्ला महिला भलिवल, साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन, जैमिनी डान्स आइडल, मावि स्तरीय हाजिरीजवाफ, खुल्ला रत्यौली, जैमिनी नगर स्तरीय खुल्ला पुरूष ‘बि’ लेभल डबल ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।
    आयोजकले मेलामा आयोजित प्रतियोगितात्मक कार्यक्रम र पुरस्कारमा मात्रै ५ लाख ३७ हजार ३ सय ३१ रुपैयाँ खर्च हुने जनाएको छ । मेलामा करिव ३५ लाख रुपैयाँ आय–व्यय हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend