२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

पत्रकार कँडेल र कलाकार थापा पुरस्कृत


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७९ , मंगलबार

  • पत्रकार कँडेल र कलाकार थापा पुरस्कृत

    बागलुङ, २८ मंसिर– आदर्श संचार सहकारी संस्था लि. बागलुङको १६ औं वार्षिक साधारणसभामा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । धौलागिरी एफएमका सह–सम्पादक कोपिला कंडेल र कलाकार बसन्त थापा सम्मानित भएका हुन् ।
    पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले आफ्नो बिबाह खर्च कटाएर बनाएको सिर्जनशिल पत्रकारिता पुरस्कार तथा सम्मानबाट कंडेल पुरस्कृत ुभएकी हुन् । उनलाई सहकारीकी संस्थापक अध्यक्ष मनकुमारी केसीले १० हजार पुरस्कारसहित सम्मान गरिन् ।
    त्यस्तै, बागलुङमा जन्मेर कलाकारितामार्फत देश–बिदेशमा नाम कमाउन सफल कलाकार बसन्त थापालाई पनि सम्मान गरिएको थियो । सहकारीले हरेक बर्ष बिशिष्ट व्यक्तिलाई सम्मान गर्दै आएको छ । २५ हजार पुरस्कारसहित थापा सम्मानित भएका हुन् ।
    आदर्श संचार सहकारीले केही दिनदेखि नै क्षेत्रगत रुपमा साधारणसभा गर्दै आएको थियो । अन्तिम दिन मंगलबार मुल समारोह भएको हो । मुल समारोहमा अधिवेसन समेत भएको थियो । अधिवेशनले पुनः हुमाकुमारी जिसी अञ्जुको नेतृत्वमा अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend