बागलुङ, २९ मंसिर– बसुन्धरा प्राथमिक बिद्यालय खहरे बागलुङको ३१ औ बार्षिकोत्सव तथा अभिभावक भेला बिहिबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धन प्रसाद पोखरेलले सामुदायिक बिद्यालयलाई गुणस्तरिय बनाउनका लागि सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा वडा अध्यक्ष सनि केसी, बिद्यालयका अक्षयकोषदाता तेजबहादुर खत्री, समाजसेवी श्याम प्रसाद न्युरे, बिद्यालयका पुर्व प्रधानाध्यापक नगेन्द्रराज पन्त, पुर्वशिक्षक तारा बहादुर बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बिद्यालयका प्रधानाध्यापक सृष्टी केसीले प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा पुर्ब प्रधानाध्यापक पन्त, पुर्वशिक्षक बिक, विद्यालयका सहजकर्ता मंगली थापा र ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षता, शिक्षिका सरिता पाण्डेको स्वागत र दुर्गा न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।