२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

भू–उपयोग नीतिबारे वडा वडामा सचेतना


जनमञ्च संवाददाता
  • १ पौस २०७९ , शुक्रबार

  • भू–उपयोग नीतिबारे वडा वडामा सचेतना

    बागलुङ, १ पुस– सरकारले ल्याएको भूउपयोग नीतिबारे बागलुङ नगरपालिकाले वडा वडामा सचेतना कार्यक्रम गर्न थालेको छ । जनप्रतिनिधि र स्थानीयसँग छलफल गरेर भूउपयोगको वास्तविक चित्र बनाउन नगरपालिकाले आग्रह गरेको छ ।
    वडा तहका जनप्रतिनिधि र स्थानीय अगुवाले आबास, कृषि, खानी तथा खनिज, वन, खोला र सिमसार क्षेत्रको वर्गिकरणका लागि सिफारिस गर्न पाउने प्रावधानलाई नगरको टोलीले जानकारी गराएको हो । नगरपालिकाका प्रतिनिधि भीमसेन पन्तका अनुसार, वडा अध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यलाई जानकारी गराईएको हो ।
    ‘हामीले सके भेला गरेर अन्तरक्रिया गरेका छौं, नसक्दा जनप्रतिनिधिलाई जानकारी गरेका छौं’ पन्तले भने, ‘वडा तहबाट आएका सिफारिसअनुसार जग्गाको वर्गिकरण हुनेछ ।’ वर्गिकरण भैसकेपछि मात्रै जग्गाको कित्ताकाट, किनबेचको काम हुने उनले बताए । अहिले सरकारले कित्ताकाटमा रोक लगाएको छ ।
    कित्ताकाटका लागि आवासिय क्षेत्रमा ४ आना सम्मको कित्ताकाट गर्न पाउने व्यवस्था छभने कृषि क्षेत्रमा कम्तिमा २ रोपनी जग्गाको कित्ताकाट गर्न नपाइने नियम छ । नगरपालिकामा भू–उपयोग परिषद, वडा तहमा कार्यान्वयन समिति रहने भएकोले वर्गिकरण सकेपछि सरकारले सो क्षेत्रको जग्गा फुकुवा गर्नेछ ।
    पछिल्लो समय जथाभावी जग्गाको प्लटिङ गर्ने, टुक्रा पारेर जमिनको उत्पादकत्व घटेको तथा भूमाफियाहरु बढेकोले यो नीति ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend