२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङका १३७ सिँचाइ योजनालाई १९ करोड २४ लाख अनुदान


जनमञ्च संवाददाता
  • ३ पौस २०७९ , आइतबार

  • बागलुङका १३७ सिँचाइ योजनालाई १९ करोड २४ लाख अनुदान

    बागलुङ, ३ पुस– चालु आर्थिक वर्षमा बागलुङमा १ सय ३७ सिँचाई योजना परेका छन् । जिल्लाका दश ओटै पालिकामा परेका योजना प्रदेश तथा संघ सरकारबाट अनुदान प्राप्त हुन् ।
    जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका अनुसार, सबैभन्दा बढी योजना गलकोट नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । यसवर्ष केन्द्र सरकारले ७ करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।
    दशवटै पालिकामा सहज रुपमा सिँचाइको व्यवस्थापन गर्ने योजनाअनुरुप काम अघि बढेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिए ।
    जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग समथर भू–भागहुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको ओझाको भनाई छ । सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएपनि जनको चाहना अनुसार सिंचाईको काम हुन नसकेको ओझोले स्वीकारे ।
    ‘अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ सुविधा पुगेको छ’ ओझाले भने, ‘पछिल्लो समय धान र गहुँ खेतीमा सिँचाइको व्यवस्थापन हुँदा धान उब्जनी हुने क्षेत्रफल पनि बढेको छ ।’ गतवर्ष ५ हजार ८ सय हेक्टरमा धान लगाइएको थियो, यावर्ष ६ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भयो ।’
    सिंचाई सुविधाकै कारण यसवर्ष १८ हजार ६ सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागलुङमा ३० हजार पाँच सय २३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये ६ हजार १ सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend