२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

आप्रबासी दिबशमा सेवाग्राहीलाई परामर्शसंगै सम्मान


जनमञ्च संवाददाता
  • ३ पौस २०७९ , आइतबार

  • आप्रबासी दिबशमा सेवाग्राहीलाई परामर्शसंगै सम्मान

    बागलुङ, ३ पुस–सुरक्षित आप्रवासी श्रमिक दिवशको अवसरमा वैदेशिक रोजगारीमा जाने तयारी गरेकाहरुलाई परामर्श तथा सम्मान गरिएको छ ।
    बागलुङ नगरपालिकाद्वरा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामी परियोजनाले आइतबार जिल्ला प्रशासन कार्यालयमा पहिलो सेवाग्राहीको रुपमा आउनुभएका अमलाचौरका बिनोद पौडेल, छिस्तीका हिमाल शर्मा र बागलुङ नगरपालिका वडा नं. ७ का किस्मत गैरेलाई परामर्शसंगै दोसल्ला ओढाएर सम्मान गरेको हो ।
    सो अबसरमा परियोजनाका कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बैदेशिक रोजगारीमा आउनसक्ने समस्या, समस्याबाट छुटकारा पाउन गर्नुपर्ने काम, तयारी र समस्या आएमा परियोजनाले दिने सेवाबारे सेवाग्राहीलाई परामर्श दिएका थिए ।
    सेवाग्राहीलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बैदेशिक रोजगारी नेपालीको बाध्यता भएको भन्दै बिदेशमा सुरक्षा पाउने अधिकारका लागि परियोजना र प्रशासनले सहयोग गर्ने बताए । उनले सकेसम्म विदेश नजान र जानैपरेमा सीप सिकेर मात्रै जान आग्रह गरेका थिए ।
    चार बर्ष अघिदेखि बागलुङ, जैमिनी, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा सामी परियोजना संचालनमा छ । कार्यक्रम संयोजक उपाध्यायका अनुसार चार बर्षमा ११ हजार आप्रवासीको पक्षमा काम भैसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend