२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

कुख्यात अन्तराष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


जनमञ्च संवाददाता
  • ६ पौस २०७९ , बुधबार

  • कुख्यात अन्तराष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौं, ६ पुस– सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ ।​ न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
    हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए । कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्लाको फैसला सदर गरेको थियो ।
    २०७४ चैत ८ मा भक्तपुर जिल्ला अदालतले २०८० असोज १ सम्म कैदमा राख्नेगरी संशोधित कैदीपूर्जी दिए पनि उनले १९ वर्ष अर्थात ९५ प्रतिशत कैद भुक्तानी गरिसकेका छन् । उनी उमेरले ७४ वर्ष भइसकेको र मुटुसम्बन्धी रोगबाट पीडित भएको भन्दै बाँकी कैद मिनाहा गरी तत्काल थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend