२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

पर्यावरण र पर्यटनका लागि साइकलयात्रा


जनमञ्च संवाददाता
  • ८ पौस २०७९ , शुक्रबार

  • पर्यावरण र पर्यटनका लागि साइकलयात्रा
    ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    बागलुङ, ८ पुस–पर्यटन प्रर्वद्वनका लागि बागलुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल ¥याली गरिएको छ ।
    साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र शालिग्राम संग्राहयको समन्वयमा साइकल ¥यालीको आयोजना गरिएको हो । साइकल ¥यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने अपेक्षा गरिएको छ ।
    साइकल ¥यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गर्दै पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि ¥यालीले महत्वपूर्ण सन्देश दिने बताए ।
    ‘साइकल ¥याली बागलुङमा मिलेर व्यवस्थापन गरेका हौ’, बागलुङ नगरपालिकाका कार्यबाहक नगरप्रमुख कोपिलामणि शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि पर्यटकीय गन्तव्य छन् भन्ने सन्देश ¥यालीले दिनेछ ।’ साइकल ¥यालीमा विभिन्न जिल्लाका दुई सय जनाको सहभागिता थियो ।
    पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले साइकल ¥यालीपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । ¥याली बागलुङ कालिकाबाट सुरु भई पर्वतको कुश्मा बजारहुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend