२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

१० करोड लगानीमा डिएमसीको पाँचतले भवन बन्ने


जनमञ्च संवाददाता
  • ९ पौस २०७९ , शनिबार

  • १० करोड लगानीमा डिएमसीको पाँचतले भवन बन्ने

    बागलुङ, ९ पुस– १० करोड लगानीमा धौलागिरी बहुमुखी क्याम्पस बागलुङको पाँचतले भवन निर्माण हुने भएको छ । पुननिर्माण प्राधिकरणको लगानीमा क्याम्पस परिसरमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।
    नयाँ बन्ने भवनमा २४ वटा कक्षाकोठा, सभाहल, प्रशासनिक कक्ष र विभागीय कक्ष रहने क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले जानकारी दिए । भूकम्पका कारण क्षतिग्रस्त भएका क्याम्पसका संरचना पुननिर्माणका लागि सात वर्ष कुर्नुपरेको उपाध्यायले बताए ।
    क्याम्पसले स–साना भवन बनाउँदा जग्गामात्रै खर्च भएको गुनासोपछि क्याम्पसको पहलकदमीबाट पाँचतले सुविधा सम्पन्न भवन निर्माण गर्न थालिएको हो । ‘विज्ञान संकाय तथा बिबिए कार्यक्रमका लागि कक्षाकोठा आवश्यक छन्’, उपाध्यायले भने, ‘दुई वर्षभित्र भवन निर्माण भएपछि समस्या हट्ने विश्वास छ ।’
    पुराना संरचना भत्काउने र नयाँ भवन निर्माणपछि क्याम्पस शैक्षिक गुणस्तर वृद्धिमा बढी केन्द्रित हुने उनको भनाइ छ । झण्डै एक रोपनी जग्गामा निर्माण हुने भवन निर्माणपछि बिएड र बिबिए कार्यक्रमलाई पढाउन सहज हुने क्याम्पसको भनाई छ ।
    क्याम्पसले बिबिए कार्यक्रमतर्फ शतप्रतिशत विद्यार्थीले नतिजा दिइरहेकाले सुविधासम्पन्न भवनले विद्यार्थीलाई अध्ययनमा अझै सहज हुने क्याम्पसका बिबिए संयोजक तथा उपप्रध्याक विप्लब शर्माले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend