२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026
राष्ट्रपतिले दिएको समय आज सकिँदै

शक्ति बाँडफाँडको सहमति जुटाउन बालुवाटारमा बैठक बस्दै


जनमञ्च संवाददाता
  • १० पौस २०७९ , आइतबार

  • शक्ति बाँडफाँडको सहमति जुटाउन बालुवाटारमा बैठक बस्दै

    काठमाडौं, १० पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो ।
    मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
    गठबन्धन दलबीच अहिलेसम्म भएका छलफलमा सरकार गठनबारे ठोस प्रगति भएको छैन । शनिबार साँझ बसेको गठबन्धनको बैठक पनि निष्कर्षविनै सकिएको थियो ।
    तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल आलोपालोमा प्रधानमन्त्री हुने सहमति अनौपचारिक सहमति जुटेको नेताहरूले बताएका छन् । तर पहिलो देउवा कि प्रचण्ड भन्ने टुंगिएको छैन ।
    नेताहरूका अनुसार आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउने छ । निर्वाचनमा कुनै दलको एकल बहुमत नआएकाले अब दुई वा दुईभन्दा बढी राजनीतिक दलले बहुमत दाबी गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend