२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

कालीगण्डकीमा अस्थायी काठेपुलको भर


जनमञ्च संवाददाता
  • १२ पौस २०७९ , मंगलबार

  • कालीगण्डकीमा अस्थायी काठेपुलको भर

    म्याग्दी, १२ असोज– जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भूरुङतातोपानीदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. ६ पाउद्वारको तातोपानीकुण्ड जानका लागि कालीगण्डकी नदीमा स्थायी पुल नहुँदा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
    बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने यो सडकखण्डमा हिँउदमा मात्रै प्रयोग गर्न मिल्ने काठेपुल स्थानीय एक युवाले व्यक्तिगत लगानीमा निर्माण गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारले पुल निर्माणमा चासो नदेखाएपछि स्थानीय कुमार तिलिजाले एक लाख लगानी गरी काठेपुल निर्माण गरेको बताए ।
    स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएको काठेपुल हिउँदको समयमा मात्र प्रयोग गरिन्छ । बर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुने भएकाले तातोपानी कुण्डमा जाने बिरामी र पर्यटक नारच्याङको बाटो हुँदै पाउद्वार तातोपानी कुण्डमा पुग्नुपर्ने बाध्यता छ ।
    पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले बताए । स्थानीयले हिउँद यामका लागि मात्रै अस्थायी काठको पुल बनाउने गर्दछन् ।
    पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिए पनि अहिलेसम्म नपाएको तिजिलाको भनाई छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले भने उक्त स्थानमा पुल बनाउन योजना छनोट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend