काठमाडौं, १५ पुस– केही समययता जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका विश्व प्रख्यात फुटबलर पेलेको मृत्यु छ । तीनपटक फिफा विश्वकप जित्ने उनी एकमात्रै खेलाडी हुन् । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा पेले टीमको मुख्य सदस्य थिए ।
सन् २००२ मा फिफाले पेलेलाई शताब्दीकै उत्कृष्ट फुटबलर घोषणा गरेको थियो । २१ वर्षको खेल करिअरमा कुल १ हजार ३६३ खेल, विश्व कीर्तिमानी १ हजार २८१ गोल, जसअन्तर्गत आफ्नो देश ब्राजिलका लागि ९२ खेलमा ७७ गोलको सानदार रेकर्ड राखेका उनी केही समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।
नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको पेटबाट ट्युमरको शल्यक्रिया गरिएको थियो । नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।