२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

तमानखोलाको बालगृहलाई न्यानो कपडा सहयोग


जनमञ्च संवाददाता
  • २६ पौस २०७९ , मंगलबार

  • तमानखोलाको बालगृहलाई न्यानो कपडा सहयोग

    बागलुङ, २६ पुस– जगतगुरुतम दिवशको अबसरमा राधामाधम सेवा समिति बागलुङले दुर्गम तमानखोला गाउँपालिकाले संचालन गरेको बालगृहका बालबालिकाललाई न्यानो कपडा वितरण गरेको छ ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बालबालिकालाई कपडा हस्तान्तरण गरेका थिए । उक्त अवसरमा बुढाले दाताको साथ र सहयोगमा चलेको बालगृहको संरक्षण र अनाथ बालबालिकाको पढाइ तथा खानेबस्ने व्यवस्थापनमा गाउँपालिकाले साथ दिने बताए ।
    कार्यक्रममा समितिका सचिव दिपकप्रसाद शर्मा कंडेलले संस्थाको दिवश पारेर बालबालिकाको हातमा न्यानो कपडा दिन पाएकोमा खुसी व्यक्त गरे । निस्वार्थ रुपमा बालबालिकालाई थप सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए । बालगृहमा रहेका ३१ बालबालिकालाई सुइटर, टोपी र शैक्षिक सामाग्री पनि प्रदान गरिएको थियो ।
    गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहितका जनप्रतिनिधिले पहिलो कार्यकालमा तलबको ५ प्रतिशत रकम कटाएर चलाएको कोषबाट १० लाख र गाउँपालिकाको ७ लाख गरी १७ लाख लागतमा बालगृह संचालनमा आएको हो ।
    कार्यक्रममा धनगौज्योती माबिका प्रअ रबिन्द्र बुढाथोकी, वडा नं. ३ का कावा अध्यक्ष गोर्खबहादुर घर्ती, बालगृह संचालक समितिका सचिव अनिल थापा, कार्यपालिका सदसय मनकुमारी बुढाथोकी लगायतले बोलेका थिए । राधामाधम सेवा समितिका सचिव दिपक प्रसाद कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend