२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026
बागलुङ नगरको बाह्रौं नगरसभा

प्रशोधन प्लान्ट निर्माण गरेर बजार क्षेत्रको सफाइ गर्ने बागलुङ नगरपालिकाको लक्ष्य


जनमञ्च संवाददाता
  • ३० पौस २०७९ , शनिबार

  • प्रशोधन प्लान्ट निर्माण गरेर बजार क्षेत्रको सफाइ गर्ने बागलुङ नगरपालिकाको लक्ष्य

    बागलुङ, ३० पुस– बागलुङ नगरपालिकाको बाह्रौ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले दिगो विकास र कर राजश्वमा सक्षम नगर बनाउने निर्णय गरेको छ ।
    सफा तथा दिगो र योजनाबद्ध बिकासलाई गति दिन समयमा सन्तुलित बिकासको नीति लिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरसभालाई सम्बोधन गर्दै श्रेष्ठले मुख्य बजार क्षेत्रमा भूमिगत ढल निकास र फोहोर व्यवस्थापनको काम शुरु भैसकेको जानकारी दिए ।
    भूमिगत फोहोर व्यवस्थापनका लागि यसअघि बनाइएको डिपिआरको संशोधन गरेर काम अगाडि बढाउने तयारी गरेको हो । काठेखोला नजिकै दुइवटा प्रशोधन प्लान्ट निर्माण गरेर बजार क्षेत्रको सफाइ गर्ने लक्ष राखिएको छ । खानेपानीलाई पनि व्यवस्थित गर्न साझेदार संस्था भित्राइएको श्रेष्ठले जानकारी दिए ।
    नगरसभाले आगामी असार मसान्तभित्र बुझाउनुपर्ने व्यवसाय कर, सम्पत्ति कर र लगायतका बिलम्ब गरिएका कर तथा शुल्क बुझाएमा अहिलेसम्म लागेको जरिवाना छुट दिने निर्णय गरेको छ ।
    नगरसभाले आर्थिक बर्ष २०७९÷०८० को संशोधित बजेट पास गरेको छ । नगरसभाको ११ औं सभाले पारित गरेको १ अर्ब ३१ करोड बजेटबाट थप भएको बजेट समेत संशोधन गरी १ अर्ब ५६ करोड ५ लाख बजेट पारित गरेको छ ।
    नगरसभाले बालमैत्री नगर बनाउने कामका लागि आवस्यक बजेट बिनियोजन गरेको उपप्रमुख राजु खड्काले बताए । उनले अंक खुलाउनुभएन, तर अन्य शिर्षकको बजेट कटौती गरेर भएपनि आगामी बर्षको पुस मसान्तसम्म बागलुङलाई बालमैत्री नगर घोषणा गर्ने कार्यक्रममा कुनैपनि कमी नराख्ने लक्ष सुनाएका थियो ।
    नगरसभामा लेखा समितिका संयोजक अर्जुन घिमिरेले बेरुजु घटाउने योजनामा नगरपालिका सफल बन्नुपर्ने सुझाव दिएका थिएभने बिधायन समितिका संयोजक सनि केसीले नगर प्रहरी ऐनमा शैक्षिक योग्यता र उमेर हद संशोधन गर्ने एजेण्डा प्रस्तुत गरेका थिए ।
    नगर प्रहरी गठन भएपनि दरबन्दी पुरा भएको छैन । सार्वजनिक सेवा प्रवाह तथा क्षमता बिकास समितिका संयोजक कुमार बिक्रम क्षेत्रीले कर्मचारीको दरबन्दी तथा आवस्यक खर्च कटौती सम्बन्धी एजेण्डा प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend