काठमाडौं, २ माघ– नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेबु्रअरी १७ मा खेल्नेछ । नेपालले फेबु्रअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेबु्रअरी २१ मा पुनः खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।