९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्वास्थ्य संस्थामा वैकल्पिक उर्जाको अभाव, उपचारमा समस्या


जनमञ्च संवाददाता
  • ६ माघ २०७९ , शुक्रबार

  • स्वास्थ्य संस्थामा वैकल्पिक उर्जाको अभाव, उपचारमा समस्या

    बागलुङ, ६ माघ– जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मस्थित स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा मोबाइलको लाइट बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ ।
    विद्युतको वैकल्पिक व्यवस्था नहुँदा मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताइन् । ‘बेला बेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ’, नेपाली भनिन्, ‘बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन ।’
    स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन् । ‘हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दै आएका छौँ तर सुनवाई भएको छैन’, कार्कीले भनिन् ।
    बिना सूचना काटिने विद्युत्ले मल्मका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन् । अधिकांश रातीको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेको कार्कीको भनाई छ ।
    यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ । स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा नगर्दा स्वास्थ्यकर्मीले आकस्मिक र प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो ।
    बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाकोबाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ । छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ ।
    ‘एक पटक गयो भने तीन÷चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ’ स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भने, ‘बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend