२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

काठेखोलाको रेशमा औद्योगिक ग्राम निर्माण हुँदै


जनमञ्च संवाददाता
  • १३ माघ २०७९ , शुक्रबार

  • काठेखोलाको रेशमा औद्योगिक ग्राम निर्माण हुँदै

    बागलुङ, १३ माघ– काठेखोला गाउँपालिका वडा नं. ७ रेशको सुराजामा औद्योगिक ग्राम निर्माण शुरु गरिएको छ । कृषि उपजको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिक ग्राम निर्माण सुरु गरिएको हो ।
    गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ देखि औद्योगिक ग्रामको निर्माण सुरु गरेको वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । उनका अनुसार, केन्द्र सरकारले पहिलो वर्ष विनियोजना गरेको ९२ लाख बजेटबाट संरचना निर्माण थालिएको छ ।
    यसवर्ष केन्द्र सरकारले एक करोड विनियोजन गरेको भन्दै आगामी वर्ष औद्योगिक ग्राम निर्माण सम्पन्न हुने लामिछानेको भनाइै छ । ‘एकवर्ष काम हुन नसके पनि यो वर्ष कामलाई तीव्रता दिने छौ’ वडाध्यक्ष लामिछानेले भने ।
    औद्योगिक ग्रामले स्थानीयलाई बजारीकरणमा ठूलो टेवा पु¥याउने अपेक्षा गरिएको छ । गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले स्थानीयलाई व्यापार व्यवसाय र उत्पादनसँग जोड्न औद्योगिकग्राम निर्माण भइरहेको बताए । औद्योगिक ग्राममा अहिलेसम्म दुई टहरा र टहरासम्म पुग्ने सडक निर्माण भइसकेको छ ।
    औद्योगिकग्राम निर्माण पश्चात साना, मझौला र ठूला सबै उद्योग सञ्चालन हुनेछन् । उद्योग गर्न चाहने स्थानीयले गाउँपालिकाले स्थान उपलब्ध गराउने छ । औद्योगिक ग्रामले रोजगारी सिर्जना गर्नुका साथै सामान्य वर्गको दैनिकीमा परिवर्तन ल्याउने विश्वास छ ।
    किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा दूधलाई बजारीकरणका लागि अक्षते बजारमा हाटबजार सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । किसानलाई बजारको सहज पहुँचमा पु¥याउन र उचित मूल्य दिलाउन हाटबजार सञ्चालन गर्न लागिएको हो । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend