२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मध्यपहाडी फराकिलो बनाउन यातायात बन्द गरेर स्तरोन्नती


जनमञ्च संवाददाता
  • १८ माघ २०७९ , बुधबार

  • मध्यपहाडी फराकिलो बनाउन यातायात बन्द गरेर स्तरोन्नती

    बागलुङ, १८ माघ– पोखरा राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइने भएको छ ।
    पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन गाडी नै बन्द गरेर काम गर्न लागेको हो । पोखरा—बाग्लुङ राजमार्ग अन्तर्गत अहिले पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।
    यो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । आयोजनाका अनुसार हरेक दिनबिहान ११ देखितीन बजेसम्म र राति ९ बजेदेखि बिहान १ बजेसम्म गाडी रोकेर काम गरिने भएको छ । रोकिएका गाडीलाई आधा घण्टाको फरकमा सञ्चालन गरिने छ ।
    चौवारीबाट ५० मिटर अगाडि हेम्जातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा–आधा घण्टामा छुटाउने व्यवस्था मिलाइएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने गाडी छुटेपछि आफ्नो लेन अनुशासन पालना गर्न र ओभरटेक नगर्न आग्रह गरेको छ । जौवारीतर्फबाट जाने गाडीलाई सिमपानीचोक–बगर–शिक्षा कार्यालय– केआइसिँह पुल–दीपहाउजिङहुँदै नयाँपुल र हलुका गाडीलाई बिन्ध्यवासिनी चोक–सराङकोट– कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
    यसैगरी हेम्जातर्फबाट आउने गाडीलाई जौवारीपुल–दीपहुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा–कास्कीकोट–सराङकोट हुँदै बिन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend