२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी


जनमञ्च संवाददाता
  • २२ माघ २०७९ , आइतबार

  • आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी

    बागलुङ, २२ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् ।
    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा शनिबार आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अधिकारीले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सकेमात्र आत्मनिर्भरको बाटोमा नेपाल जानसक्ने धारणा व्यक्त गरे ।
    उनले नेपालमा समेत पुष्पखेती फष्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे । अधिकारीले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने धारणा राखेका थिए ।
    ‘आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोड दिनुपर्छ’ अधिकारीले भने, ‘आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो ।’ गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको समेत कार्यक्रममा उल्लेख गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend