२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

नेपालका पहिलो गभर्नर हिमालयशमशेर रहेनन्


जनमञ्च संवाददाता
  • २२ माघ २०७९ , आइतबार

  • नेपालका पहिलो गभर्नर हिमालयशमशेर रहेनन्

    काठमाडौं, २२ माघ- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।
    काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको निधन आज बिहान करिब साढे ६ बजेतिर भएको हो ।
    उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
    जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।
    जबरा गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोलेका थिए । त्यसबाट नेपाल–जापानमा मुद्रा विनिमयमा सहज हुनुका साथै दुई देशबीचको आर्थिक सम्बन्ध पनि विकास भएको थियो ।
    जापान सरकारबाट उनले उच्च श्रेणीको ‘द अर्डर अफ द राइजिङ सन’को ‘गोल्ड एण्ड सिल्भर’ अवार्डसमेत पाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend