२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

प्रेस चौतारी पुरस्कारबाट कार्की, शर्मा र शिरीष पुरस्कृत


जनमञ्च संवाददाता
  • २२ माघ २०७९ , आइतबार

  • प्रेस चौतारी पुरस्कारबाट कार्की, शर्मा र शिरीष पुरस्कृत

    बागलुङ, २२ माघ– प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट बागलुङका तीन जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रेस चौतारी बागलुङ शाखाले पत्रकारत्रयलाई पुरस्कत गरेको हो ।
    २०७७ सालको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिल शिरिष, २०७८ सालको पुरस्कारबाट जननिगरानी साप्ताहिकका खिमबहादुर कार्की र २०७९ सालको पुरस्कारबाट धौलागिरि एफएमका स्टेशन प्रमुख तथा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्मालाई पुरस्कृत गरिएको हो ।
    पुरस्कृत तीनै जना पत्रकारलाई जनही नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रेस चौतारी नेपाल बागलुङ शाखाका सचिव कमल पौडेलले जानकारी दिए ।

    पुरस्कृत पत्रकारहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलाबहादुर थापा, एमालेका केन्द्रिय सदस्य एवँ गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली लगाएतले सम्मान गरेका थिए । सो अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले १ लाखको युवा पत्रकारिता पुरस्कारको घोषणा पनि गरेको थियो ।
    सो अवसरमा बोल्दै पोलिटव्युरो सदस्य थापा र केन्द्रिय सदस्य नेपालीले पत्रकारिताको हितमा ऐन र कानुन बनाउन प्रतिवद्ध रहेको धारणा व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend