२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

माटो परीक्षणबारे सचेतना फैलाउँदै ज्ञान केन्द्र


जनमञ्च संवाददाता
  • २३ माघ २०७९ , सोमबार

  • माटो परीक्षणबारे सचेतना फैलाउँदै ज्ञान केन्द्र

    पर्वत, २३ माघ– कृषि ज्ञान केन्द्र र मोदी गाउँपालिका पर्वतको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको छ ।
    माटोको परीक्षण नगरी बाली लगाउँदा लगानीअनुसार उत्पादन नहुने तथा माटोको उर्वरा शक्तिमा ह्रास आउने भएकाले कृषकहरूलाई माटो परीक्षणमा आकर्षित गर्न शिविर सञ्चालन गरेर माटोको अवस्था जाँच गरिएको हो ।
    केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले व्यावसायिक रूपमा होस् वा सामान्य गुजारा चलाउने गरी खेती गर्दै आइरहेका कृषक निकै थोरैले बाहेक माटो जाँचेर त्यसको उपचार गर्ने गरेको बताइन् ।
    कृषकहरू माटोको बिग्रिँदो अवस्थाबारे सचेत नहुँदा लगानी खेर जान सक्ने भएकाले माटो परीक्षणका लागि कार्यालयमा रहेको ‘मिनी ल्याब’ तथा विभिन्न ठाउँमा शिविर राखेर सचेतना फैलाउने प्रयास भइरहेको उनको भनाई छ ।
    मोदीको शिविरमा ८२ जना कृषकहरूले ल्याएको माटो परीक्षण गर्दा अम्लीय पदार्थको मात्रा ७३ प्रतिशत रहेको पाइएको छ । परीक्षण गरिएकामध्ये ७० प्रतिशत नमुनामा नाइट्रोजनको मात्रा कम रहेको तथा ७५ प्रतिशतमा फस्फोरसको मात्रा कमी रहेको र ७० प्रतिशतमा पोटासको मात्रा कम रहेको पाइएको थापाले जानकारी दिइन् ।
    प्राप्त नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ । सिफारिस भएको पी.एच.भन्दा फरक अवस्थामा रहेको माटोमा लगाइएको खेती राम्रो बनाउन रासायनिक मल वा अन्य कुनै खाद्य तत्व प्रयोग गर्नुको पनि अर्थ नहुने बताउँदै थापाले कृषि चुनको प्रयोग गरेर माटोको अवस्थामा सुधार ल्याउन सकिने बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend