२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

शक्तिशाली भूकम्प जाँदा टर्की र सिरियामा १ सय बढीको मृत्यु


जनमञ्च संवाददाता
  • २३ माघ २०७९ , सोमबार

  • शक्तिशाली भूकम्प जाँदा टर्की र सिरियामा १ सय बढीको मृत्यु

    काठमाडौं, २३ माघ– शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ । स्थानीय समयअनुसार सोमबार बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
    अमेरिकाको जियोलोजिकल सर्भेले ७.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी)ले ७.४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ ।
    टर्कीको सरकारी सञ्चारमाध्यम एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने ४ सय ४० जनाभन्दा बढी घाइते भएका छन् । भूकम्पले सिरियामा पनि ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । सिरियामा भूकम्पमा परी हालसम्म ४२ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
    टर्कीका गृहमन्त्री सुलेमन सोयलुले भूकम्पबाट देशका दशवटा सहर प्रभावित भएको जानकारी दिएका छन् । –एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend