२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

छन्त्याल भाषा र संस्कृति संरक्षण गर्न अक्षयकोष


जनमञ्च संवाददाता
  • २५ माघ २०७९ , बुधबार

  • छन्त्याल भाषा र संस्कृति संरक्षण गर्न अक्षयकोष

    म्याग्दी, २५ माघ– जिल्लामा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले एक करोडको अक्षयकोष स्थापना गरिएको छ ।
    नेपाल छन्त्याल संघले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो । स्वदेश तथा विदेशमा रहेका ७९ जना छन्त्यालबाट न्यूनतम ११ हजारदेखि २० लाखसम्म सहयोग जुटाएर कोष स्थापना गरिएको हो ।
    संघका सचिव दीपबहादुर छन्त्यालले जानकारी दिए ।
    ‘कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरूको पुर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजको खोजीमा परिचालन गर्ने लक्ष्य छ’, संघका सचिव दीपबहादुर छन्त्यालले भने, ‘लोप हुन लागेको छन्त्याल भाषा र संस्कृति संरक्षणमा जोड दिएका छौँ ।’
    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ वटा आदिवासी जनजातिमध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाण हालसम्म जुटेको छैन । बोलीचालीमा प्रयोग भएपनि लिपि नभएको छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको छ ।
    लिपि र शब्दकोष नहुनु, नयाँपुस्ताले मातृभाषा प्रयोग नगर्नु र बसाइँसराइले भाषा लोप भएको रघुगंगा–८ घ्याँसीखर्कका चन्द्रप्रसाद छन्त्यालले बताए । बोल्न सजिलो भएपनि लिपि, व्याकरण र शब्दकोष नभएकाले लेख्न अप्ठ्यारो हुने छन्त्यालको भनाई छ ।
    २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ । कुल छन्त्याल समुदायको संख्यामध्ये म्याग्दीमा ७० दशमलव दुई र बागलुङमा ३५ दशमलव ४१ प्रतिशत बस्ने गर्छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend