१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

साफ महिला फुटबलको बंगलादेशले जित्यो


जनमञ्च संवाददाता
  • २६ माघ २०७९ , बिहिबार

  • साफ महिला फुटबलको बंगलादेशले जित्यो

    काठमाडौं, २६ माघ– नेपाली महिला फुटबल टोली साफ महिला फुटबलमा पहिलो उपाधि जित्ने मौकाबाट फेरि चुकेको छ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा बिहीबार साँझ घरेलु टोलीसँग भिडेको नेपाल ३–० गोलले पराजित भयो ।
    पहिलो हाफको अन्त्यतिर दुई गोल गर्दै बंगलादेशले नेपालमाथि दबाब बनाएको थियो । घरेलु टोलीले ४१ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । तेस्रो गोल ८६ औँ मिनेटमा गरेको हो । नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन ।
    सिनियर साफ महिला च्याम्पिनयसिपका सबै ६ संस्करणमध्ये पाँचवटामा फाइनलमा पराजित भएको थियो भने दक्षिण एसियाली–सागअन्तर्गत महिला फुटबलका सबै तीन संस्करणमा उपविजेतामा सिमित भएको थियो । उमेरस्तरतर्फ सन् २०१८ मा आयोजना भएको पहिलो साफ यू–१८ महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेपनि बंगलादेशले उपाधि जित्नबाट रोकेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend